सानिमा जनरल इन्स्योरेन्सले ९ महिनामा कति कमायो नाफा ?

३ बर्ष अगाडि

काठमाडौं - सानिमा जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा १० करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणले यस्तो देखाएको हो । 

वित्तीय विवरण अनुसार उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८०.५३ प्रतिशतले बढी हो । गत वर्षको यहि अवधिमा कम्पनी ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

यस अवधिमा कम्पनीको बीमा कोषमा १४ करोड ५२ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ८ करोड ५७ लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार बढेको हो ।

१ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा १३ करोड २९ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ७ करोड ५९ लाख रुपैयाँ संचिती थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषको आकारम बृद्धि भएको छ ।

यस अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन रकम बढेको छ । गत आर्थिक वर्षमा १३ करोड ८४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले यस आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्ममा २२ करोड २४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ६०.६८ प्रतिशतले बढी हो ।

समिक्षा अवधिमा कम्पनीले ६ करोड ६७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ८६ दशमलव २८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ५८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १४ रुपैयाँ रहेको छ । प्रति शेयर नेटवर्थ १२९ रुपैयाँ रहेको छ । मुल्य आम्दानी अनुपात ४०.१४ गुणा रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया