काठमाडौं - रिभर फल्स पावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
प्रतिशेयर १०० अंकित मूल्यका २७ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । जसमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ ।
सर्वसाधारणले बाँकी २५ लाख ३८ हजार ९०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा जेठ ४ गते हुनेछ भने ढिलोमा जेठ ११ गते हुनेछ ।
आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयर वेब तथा एप मार्फत पनि आवेदन दिन सकिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया