काठिमाडौं - नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ ।
नेप्सेमा साविकको सूर्योदय लघुवित्त र वोमी लघुवित्त आपसमा मर्ज भएर बनेको एकीकृत संस्था सूर्योदय वोमी लघुवित्तको नाममा कुल ७९ लाख १९ हजार ८४८ कित्ता सेयर सूचीकृत भएको हो । जसमा सूर्योदय लघुवित्तको २९ लाख ७६ हजार ५१६ कित्ता र वोमी लघुवित्तको ४९ लाख ४३ हजार ३३३ कित्ता छन् ।
सूर्योदय लघुवित्त र वोमी लघुवित्त १ः१ सेयर स्वाप रेसियोमा मर्ज भएका हुन् । नेप्सेको आजको निर्णयबमोजिम धितोपत्र दोस्रो बजारमा कारोबार हुने गरी सूर्योदय वोमी लघुवित्तको सेयर सूचीकृत भएको हो ।
एकीकृत संस्थाको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता १३७३.४० रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ ।
प्रतिक्रिया