काठमाडौं - राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको स्वीकृति पाएको छ । विद्युत नियमन आयोगले राधी विद्युत कम्पनीलाई हकप्रद सेयर निष्कासनको स्वीकृति दिएको हो ।
कम्पनीले आयोगसमक्ष चुक्तापुँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँको १ः१४७५२ अनुपातमा हकप्रद निष्कासनको अनुमति मागेको थियो । आयोगले यो कम्पनीलाई आज वैशाख २७ गते दिउँसो पत्र पठाउँदै हकप्रद सेयर निष्कासनको स्वीकृति प्रदान गरेको हो ।
यसअघि विद्युत नियमन आयोगले ङादी ग्रुप पावर र बरुण हाइड्रोपावर कम्पनीलाई हकप्रद निष्कासनका लागि स्वीकृति प्रदान गरेको थियो । ङादी ग्रुपले चुक्तापुँजीको चुक्तापुँजी ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँको १ः१.५ अनुपातमा र बरुण हाइड्रोपारलाई चुक्तापुँजी २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनको अनुमति पाएका छन् ।
प्रतिक्रिया