स्वावलम्बन लघुवित्त नाफा ९८.८७ प्रतिशतले बढेर २८ करोड ४२ लाख, प्रतिशेयर आम्दानी कति ?

३ बर्ष अगाडि

काठमाडौं- स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा संस्थाले २८ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिको तुलनामा संस्थाको नाफा ९८.८७ प्रतिशतले बृद्धि भएको छ । गत आवको यसै अवधिसम्म संस्थाले १४ करोड २९ लाख रुपैयाँ खद नाफा आर्जन गरेको थियो ।

गत आवमा १ अर्ब २ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाले यस अवधिसम्म ५।३६ प्रतिशतले घटेर ९७ करोड ८ लाख रुपैयाा मात्रै यस्तो आम्दानी गरेको छ ।

त्यस्तै,गत आवको यसै अवधिसम्म १ करोड ७४ लाख रुपैयाँ नोक्सानमा रहेको संस्थाको संचालन मुनाफा यस अवधिसम्म बढेर ४२ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिसम्म संस्थाको चुक्तापुँजी १९ प्रतिशतले बढेर १ अर्ब १२ करोड रुपैयाँ पुगेकोमा रिजर्भको आकार ४२.५४ प्रतिशतले बढेर १ अर्ब ८४ करोड रुपैयाँ संचित रहेको छ ।

समिक्षा अवधिसम्म संस्थाले बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब ४७ करोड रुपैयाँ सापटी लिएर १९ अर्ब ५६ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । त्यस्तै, ११ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

संस्थाको प्रतिशेयर आम्दानी ३३.७७ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २६४.२५ रुपैयाँ रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया