काठमाडौं- साताको तेस्रो कारोबार दिन (मंगलवार) पनि शेयर बजार उकालो लागेको छ । आइतबार देखि सकरात्मक संकेत देखाएको शेयर बजारले आज पनि उकालो यात्रालाई निरन्तरता दिएको हो ।
आज नेपाल स्टक एक्सेन्ञ्च(नेप्से) परिसुचक ४४.१६अंकले बढेर २३१३ को बिन्दुमा पुगेको छ । नेप्से परिसुचक १.९५ प्रतिशतले बढेको हो ।
कारोबारको अन्तिम समयसम्म कारोबारमा २२६ आएका कम्पनीको ३३ लाख ३० हजार १५० कित्ता शेयर खरिदबिक्री हुदाँ १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४५८ रुपैंया बराबरको शेयर कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुदाँ ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ९ करोड ९८ लाख बढीको शेयर कारोबार भएको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर बढेको छ । सबैभन्दा धेरै हाइड्रोपावर समूह बढेको छ ।
आज ३ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । ङादी ग्रुप पावर, बरूण हाइड्रोपावर र जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । ङादी ग्रुप पावर र बरूण हाइड्रोपावरले हकप्रद निष्कासन गर्न विद्युत नियमन आयोगबाट अनुमति पाएसँगै यी कम्पनीहरूको मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आज एनआईबीएल समृद्धि फण्ड २ को मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त फण्डको मूल्य ४.८२ प्रतिशतले घटेर ८ रूपैयाँ ५० पैसामा झरेको छ ।
प्रतिक्रिया