काठमाडौं-साताको तेस्रो कारोबार दिन (मंगलवार) पनि शेयर बजार उकालो लागेको छ । आइतबार देखि सकरात्मक संकेत देखाएको शेयर बजारले आज पनि उकालो यात्रालाई निरन्तरता दिएको हो ।
आज नेपाल स्टक एक्सेन्ञ्च(नेप्से) परिसुचक ४४.१६अंकले बढेर २३१३ को बिन्दुमा पुगेको छ । नेप्से परिसुचक १.९५ प्रतिशतले बढेको हो ।
कारोबारको अन्तिम समयसम्म कारोबारमा २२६ आएका कम्पनीको ३३ लाख ३० हजार १५० कित्ता शेयर खरिदबिक्री हुदाँ १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४५८ रुपैंया बराबरको शेयर कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुदाँ ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ९ करोड ९८ लाख बढीको शेयर कारोबार भएको छ ।
यस्तै,अरुण भ्यालीको ४ करोड २५ लाख,नेपाल टेलिकमको ३ करोड ८२ लाख,वरुण हाइड्रोपावरको ३ करोड ७४ लाख र नबिल बैंकको ३ करोड ६८ लाख बढीको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया