मंगलबार यी १० कम्पनीका लगानीकर्ता मालामाल, ४ कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट

४ बर्ष अगाडि

काठमाडौं, साताको तेस्रो कारोबार दिन (मंगलवार) पनि शेयर बजार उकालो लागेको छ । आइतबार देखि सकरात्मक संकेत देखाएको शेयर बजारले आज पनि उकालो यात्रालाई निरन्तरता दिएको हो । 

आज नेपाल स्टक एक्सेन्ञ्च(नेप्से) परिसुचक ४४.१६अंकले बढेर २३१३ को बिन्दुमा पुगेको छ । नेप्से परिसुचक १.९५ प्रतिशतले बढेको हो ।

दोहोरो अंकले बढेको बजारमा तीन कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

आज जाल्पा सामुदायिक लघुवित्त,बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको हो । तीन वटै कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । 

यस्तै,युनिभर्सल पावर कम्पनी शेयरमूल्य ९.९७ प्रतिशत,दिवेश्वरी हाइड्रोपावरको ९.१७ प्रतिशत र नेशनल हाइड्रोपावर कम्पनीको ९.०८ प्रतिशतले शेयरमूल्य बढेको छ ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया