साताको तेस्रो कारोबार दिन (मंगलवार) बजार खुलेको साढे तीन घण्टाको अवधिमा कारोबारमा आएका २२० कम्पनीमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।
उक्त अवधिसम्ममा सनराइज फर्स्ट म्युचुअल फण्ड, सानिमा इक्विटी फण्ड, एनएमबि फिफ्टी, कुमारी इक्विटी फण्ड र लक्ष्मी उन्नति कोषको धितोपत्रमा उच्च खरीद माग रहेको हो ।
ती पाँच कम्पनीमध्ये सबैभन्दा बढी सनराइज फर्स्ट म्युचुअल फण्डको ३ लाख ९८ हजार कित्ता शेय खरिद माग रहेको छ ।
त्यसैगरी सानिमा इक्विटी फण्डको ३ लाख ५ हजार ६३५ कित्ता, एनएमबि फिफ्टीको २ लाख १८ हजार ३०० इकाई, कुमारी इक्विटी फण्डको २ लाख १८ हजार २०० कित्ता र लक्ष्मी उन्नति कोषको २ लाख १६ हजार १०० कित्ता शेयर खरिद माग भएको छ ।
प्रतिक्रिया