काठमाडौं- सूर्योदय वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक वित्तिय विवरण अनुसार संस्थाले चालु आवको चैत मसान्तसम्म १० करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको तुलनामा ५.५४ प्रतिशतले कम हो । संस्थाले गत आवको यसै अवधिसमम १० करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
खुद ब्याज आम्दानी यस अवधिसम्म ३९.१४ प्रतिशतले बढेर ३० करोड ८० लाख रुपैयाँ पुगेको छ । त्यस्तै, संचालन नाफा ७.२५ प्रतिशतले घटेर १५ करोड ५७ लाख रुपैयाँमा सीमित भएको छ । यस अवधिसम्म लघुवित्तको खराब कर्जा पनि बढ्न पुगेको छ । गत आवमा १.०१ प्रतिशत मात्रै रहेको खराब कर्जा बढेर २.९५ प्रतिशत पुगेको छ । यसकारण पनि नाफा बढ्न नसकेको हो ।
त्यस्तै, समिक्षा अवधिसम्म संस्थाको चुक्तापुँजी ९२.२६ प्रतिशतले बढेर ७९ करोड १९ लाख रुपैयाँ पुगेको छ भने रिजर्भको आकार १११.८७ प्रतिशतले बृद्धि भएर ५१ करोड ८९ लाख रुपैयाँ संचित गर्न सफल भएको छ ।
त्यस्तै, यस अवधिसम्म संस्थाले ६ अर्ब ३२ करोड २४ लाख रुपैयाँ सापटी लिएर ११ अर्ब १४ करोड १३ लाख रुपैयाँ ऋण प्रवाह गरेको छ । साथै निक्षेप १६०.५२ प्रतिशतले बृद्धि भएर ४ अर्ब ११ करोड ७३ लाखरुपैयाँ निक्षेप संकलन गरेको छ ।
संस्थाको प्रतिशेयर आम्दानी १७.२७ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १६५.५२ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया