सोमबारदेखि शुक्रबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सेयर कारोबार हुने

४ बर्ष अगाडि

काठमाडौं- सरकारको निर्णयअनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्स)पनि आउँदो जेठ १ गतेदेखि सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको छ। हाल सेयर कारोबार आइतबारदेखि बिहीबारसम्म हुँदै आएको छ। 

सरकारले आउँदो जेठ १ गतेदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सरकारले सोमबारदेखि शुक्रबारसम्म भने बिहान ९ः३० बजेदेखि साँझ ५ः३० गतेसम्म कार्यालय समय कायम गर्ने निर्णय पनि गरेको छ। 

नेप्सेले गत वैशाख २५ गते सूचना जारी गर्दै सरकारको निर्णयअनुसार सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार हुने जानकारी गराएको थियो।

नेप्सेले आज एक सूचना जारी गर्दै सेयर कारोबार हुने समयबारे जानकारी गराएको छ। नेप्सेका अनुसार सोमबारदेखि शुक्रबारसम्म साबिककै समयमा सेयर कारोबार हुने व्यवस्था मिलाइएको छ। अर्थात सेयर बजारको नियमित कारोबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ। 
 

४ बर्ष अगाडि

प्रतिक्रिया