बरुण हाइड्रो पावरले हकप्रद शेयर निष्कासन गर्दै, विद्युत नियमन आयोगबाट पायो अनुमति

३ बर्ष अगाडि

काठमाडौ, बरुण हाइड्रो पावरले हकप्रद शेयर निष्कासन गर्नका लागि विद्युत नियमन आयोगबाट अनुमति  पाएको छ ।

कम्पनीले आयोगबाट १ः१ अनुपातमा हकप्रद निष्कासन गर्न अनुमति पाएको हो ।कम्पनीले अव नियामक निकाय नेपाल धितोपत्र  बोर्डमा  हकप्रद निष्कासनका लागि अनुमति माग्नु पर्नेछ ।

कम्पनीले अव १ः१ अनुपातमा २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर  निष्कासन गर्ने छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया