एचआईडीसीएलको नाफा साढे ६९ करोड माथि, प्रतिशेयर आम्दानी कति ?

३ बर्ष अगाडि

काठमाडौं, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा ६९ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ६३ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको नाफा ८.९४ प्रतिशतले बढेको छ।

कम्पनीले विभिन्न जलविद्युत आयोजनाहरुमा १ अर्ब २९ करोड रुपैयाँबराबरको शेयर लगानी गरेको छ। त्यस्तै कम्पनीले ८ करोड रुपैयाँ विभिन्न कम्पनीका बोन्डमा पनि लगानी गरेको छ। 

कम्पनीले ६ अर्ब ३९ करोड रुपैयाँ विभिन्न जलविद्युत कम्पनी निमार्ण गर्न कर्जा लगानी गरेको छ। 

चुक्तापुँजी ८ अर्ब ७० करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ ८७.७० प्रतिशतले २ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । गत वर्ष रिजर्भमा १ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो।

कम्पनीको प्रतिशेयर आम्दानी ४.९६ रुपैयाँ, पीई रेसियो ५२.३८ गुणा र प्रतिसेयर नेटवर्थ १०७.२३ रुपैयाँ रहेको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया