बिरामी पारसलार्ई भेटेर हिँडिन् पूर्वरानी कोमल

७ बर्ष अगाडि

काठमाडौं–छोरा पारसको स्वाथ्य स्थितिबारे जानकारी लिन काठमाडौं आएकी पुर्वरानी कोमल  सिमरा फर्किएकी छिन् ।   नेपाल समाचारपत्र  दैनिकमा खबर छ । 
चार  दिन अघि अचानक तेस्रोपटक हृदयघात भएपछि थापाथली स्थित नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना भएका पारसको स्वाथ्य स्थिति सुधारोन्मुख हुदै गएपछि कोमल बुधबार सिमरा फर्किएकी हुन् ।
 मध्य र पुर्वाञ्चल भ्रमणको तय गर्दै पुर्व राजा ज्ञानेन्द्र र कोमल पाँच दिन अघि सिमरा गएका थिए । 
छोरा पारसलाई हृदयघात भएको जानकारी पुर्व रानी कोमल सोमबार राती नै काठमाडौं आएकी थिइन् । 

७ बर्ष अगाडि

प्रतिक्रिया