मोरङ, विराटनगर महानगरपालिका १५ बाट स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँ सहित प्रहरीले एक महिलालाई पका्रउ गरेको छ । भारत घर भएकी ३० वर्षीया मुन्नी देबी सहनीलाई प्रहरीले पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई शंका लागि ईलाका प्रहरी कार्यालय रानी (सिमा) कार्यालयबाट खटिएको प्रहरीले शुक्रबार साँझ जाँच गर्ने क्रममा उक्त भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी पठाइएको छ ।
प्रतिक्रिया