काठमाडौं- सानिमा माइ हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।
विवरण अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ४५ करोड ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.४७ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३३ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ११.५१ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको खुद सञ्चालन मुनाफा १४.३७ प्रतिशत बढेको छ भने वित्तीय आम्दानी ३६८.९९ प्रतिशत बढेको छ।
कम्पनीको चुक्ता पूँजी समीक्षा अवधिमा १० प्रतिशत बढेको छ भने रिटेन्ड अर्निङ्ग ३६.७१ प्रतिशत बढेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६५ पैसा बढेर १९ रुपैयाँ ४२ पैसा पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १९.३० गुणा रहेको छ।
प्रतिक्रिया