काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज मल्टीपर्पस फाइनान्स कम्पनीको बोनस शेयर सूचिकृत भएको छ ।
कम्पनीको १३ प्रतिशत बोनस बापतको ५ लाख २० हजार कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो ।
फाइनान्सको गत पौष ३० गते सम्पन्न भएको चौबीसौँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद गरी कुल १३.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
प्रतिक्रिया