एक सातामा वाणिज्य बैंकहरुको निक्षेप ५ अर्बले बढ्यो, कर्जा लगानीमा भने गिरावट/कतिले ?

३ बर्ष अगाडि

काठमाडौं- पछिल्लो एक सातामा वाणिज्य बैंकहरुको निक्षेप बढेको छ भने कर्जा लगानी घटेको छ।

नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को तथ्यांकअनुसार वैशाख १७ गतेदेखि वैशाख २३ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ५ अर्ब रुपैयाँले बढेको छ। योसँगै वैशाख २३ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ। गत वैशाख १६ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ६८ अर्ब रुपैयाँ रहेको थियो।

यसैगरी यो अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी ४ अर्ब रुपैयाँले घटेको एनबीएले जनाएको छ। गत वैशाख १६ गतेसम्म बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ९७ अर्ब रुपैयाँ रहेकोमा वैशाख २३ गतेसम्म घटेर ४१ खर्ब ९३ अर्ब रुपैयाँमा झरेको छ। 
 

३ बर्ष अगाडि

प्रतिक्रिया