काठमाडौं, सरकारको कुल प्राप्ति ९ खर्ब नाघेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु वर्षको ९ महिना २५ दिनमा सरकारको कुल प्राप्ति ९ खर्ब १० अर्ब रहेको छ ।
राजस्व शीर्षकबाट ८ खर्ब ५५ अर्ब संकलन गरेको छ । यस्तै अनुदानबाट १३ खर्ब ८८ अर्ब प्राप्ति हुँदा अन्य शीर्षकमा ४० अर्ब ९६ करोड संकलन भएको छ ।
सरकारले ८ खर्ब ९८ अर्ब खर्च गरेको छ । यो अवधिमा चालु शीर्षकमा सबैभन्दा धेरै ७ खर्ब ९ अर्ब खर्च भएको छ । यस्तै विकास खर्च १ खर्ब १५ अर्ब हुँदा वित्तीय व्यवस्थातर्फ ७३ अर्ब ७१ करोड खर्च भएको छ ।
चालु वर्षमा कुल खर्च १६ खर्ब ३२ अर्ब खर्च गर्ने लक्ष्य राखिएको छ । कुल खर्च लक्ष्यको ५५ प्रतिशत मात्रै भएको छ । यसरी हेर्दा सरकारले अब लक्ष्य अनुसार खर्च गर्न नसकिने देखिएको छ । यदि लक्ष्यअनुसार गर्ने हो भने अब सरकारले दैनिक ११ अर्ब २९ करोड खर्च गर्नु पर्नेछ ।
प्रतिक्रिया