नेप्सेले शेयर कारोबार सञ्चालन हुने निर्णयसम्बन्धी सूचना सच्चायो, कहाँ भएको थियो त्रुटि ?

४ बर्ष अगाडि

काठमाडौं- नेपाल स्टक एक्सचेञ्च लिमिटेड (नेप्से) ले वैशाख २५ गते जारी गरेको आगामी जेठ १ गतेदेखि शुक्रबारसमेत शेयर कारोबार सञ्चालन हुने निर्णयसम्बन्धी सूचना सच्चाएको छ। 

यसअघिको सूचनामा नेप्सेले मन्त्रिपरिषदको गत वैशाख २५ गते बसेको बैठकको निर्णयअनुसार जेठ १ गतेदेखि नै साताको दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय भएको उल्लेख गर्दै सोहीअनुसार शेयर बजारमा कारोबारका दिनमा पनि फेरबदल भएको जानकारी दिएको थियो। 

यद्यपि मन्त्रिपरिषदको उक्त बैठक वैशाख १३ गते बसेको थियो। नेप्सेले आज सूचना जारी गर्दै मन्त्रिपरिषद् बैठक बसेको मितिमा भएको त्रुटि सच्चाएको हो। 

नेप्सेको अघिल्लो सूचनामा सञ्चालक समितिबाट शुक्रबारसमेत बजार खुल्ने निर्णय भएको उल्लेख गर्दै सोहीअनुसार गर्न गराउन ब्रोकर, लगानीकर्ता र सरोकारवालालाई आग्रह छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया