नेपाल टेलिकमसहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुन कम्पनीको कतिको कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं, साताको दोस्रो कारोबारको दिन (सोमबार) पनि शेयर बजार बढेको छ । हिजोदेखि शेयर बजारमा सकरात्मक संकेत देखिएको छ ।

आइतबार १७.९५ अंक बढेर २२५६.५८ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेन्ञ्च (नेप्से) परिसुचक आज पनि १२.२७ अंकले बढेर २२६८.८४ को बिन्दुमा पुगेको छ ।

 कारोबारमा आएका २२२ कम्पनीको ३३ लाख २४ हजार ८२२ कित्ता शेयर खरिदबिक्री हुदाँ १ अर्ब ३९ करोड ६ लाख ७ हजार ७०१ रुपैंया बराबरको शेयर कारोबार भएको छ । 

सो रकम बराबरको कारोबार हुदाँ नेपाल दूसञ्चार कम्पनी (टेलिकम) को सर्वाधिक कारोबार भएको छ । कम्पनीले ७ करोड ८३ लाख बढीको कारोबार गरेको छ ।

यस्तै,एनआईसी एसिया बैंकको ५ करोड ४ लाख,हिमालयन डेस्टिलेरीको ४ करोड ९५ लाख,शिवम् सिमेन्टको ३ करोड ८६ लाख र नबिल बैंकको ३ करोड ६९ लाख बढीको कारोबार भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया