साताको दोस्रो कारोबारको दिन (सोमबार) पनि शेयर बजार बढेको छ । हिजोदेखि शेयर बजारमा सकरात्मक संकेत देखिएको छ ।
आइतबार १७.९५ अंक बढेर २२५६.५८ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेन्ञ्च (नेप्से) परिसुचक आज पनि १२.२७ अंकले बढेर २२६८.८४ को बिन्दुमा पुगेको छ ।
दोहोरो अंकले बढेको बजारमा जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.१ हजार ८३९.८० पुगेको छ ।
यस्तै,माहुली लघुवित्तको ७.७७ प्रतिशत,उन्नति सहकार्य लघुवित्तको ६.२७ प्रतिशत र सानिमा लार्ज क्याप फण्डको ५.७७ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया