काठमाडौं - कञ्चनजंघा हिमाल आरोहणका क्रममा एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षीय नारायणम् आईयर रहेका छन् ।
ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक कुशाराम कार्कीका अनुसार उनको मृत्यु आरोहणका क्रममा ८ हजार २ समय मिटर उचाइमा पुग्दा भएको हो । उनी पायोनियर एड्भेन्ञ्चर प्रालिबाट हिमाल आरोहणमा गएका थिए ।
उक्त कम्पनीका कार्यकारी निर्देशक निमेष कार्कीका अनुसार उनको शवलाई उद्धारका लागि ६ जना शेर्पाको टोली परिचालित भइसकेको छ ।
८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजंघा हिमालको आरोहणका लागि पायोनियर एड्भेन्चरबाट यसवर्ष १४ जना आएका थिए ।
प्रतिक्रिया