सिभिल स्टेटस्को नाममा रहेको सीटीसी मल लिलामीमा

३ बर्ष अगाडि

काठमाडौं - सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ सहितको लगानी रहेको सिभिल स्टेटस्को नाममा रहेको सीटीसी मल लिलामी हुने भएको छ ।

कर्मचारी सञ्चय कोषले सञ्चय कोषले ३५ दिने सूचना निकालेर सीटीसी मल लिलामको प्रक्रिया सुरु गरेको हो । काठमाडौं महानगरपालिका ११ नम्बर वडाको सुन्धारामा रहेको सीटीसी मल लिलामी गर्ने अल्टिमेटम दिएको हो । 

उक्त मलमा रहेका १३२ वटा पसल कवलहरु लिलाम गर्न सोमबार सूचना निकालेको छ । कोषबाट लिएको कर्जा लिएको म्यादभित्र ऋणीले कर्जा चुक्ता नगरी ऋण सम्झौतामा उल्लेख भएका शर्त तथा अवस्था उल्लङ्घन गरेकाले जे, जस्तो अवस्थामा सम्पत्ति रहेको छ, यथास्थितिमा खरिद गरी लिन इच्छुक नेपाली नागरिक, फर्म वा कम्पनीबाट बोलपत्र आह्वान गर्ने निर्णय भएको जनाएको छ ।

बोलपत्र फारम सूचना प्रकाशित भएको मितिले ३५ औं दिनको दिउँसो ४ बजेभित्र कोषको केन्द्रीय कार्यालय पुल्चोक, ललितपुरमा आइपुग्ने गरी सिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया