काठमाडौं- मध्य भोटेकोशी जलविद्युत कम्पनीले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा १ करोड ११ लाख नोक्सानीमा रहेको छ ।
कम्पनीले हालै सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ करोड ८९ लाख नोक्सानीमा रहेको थियो । कम्पनीको नोक्सानी गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा घटेको हो ।
कम्पनीको चुक्तापूँजी ६ अर्ब रहेको छ भने जगेडा कोष २९ करोड ८३ लाख ऋणात्मक रहेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ०.२५ ऋणात्मक (वार्षिकीकरण), तरलता अनुपात २.६२ प्रतिशत र प्रतिशेयर नेटवर्थ ९५.०३ रहेको छ ।
प्रतिक्रिया