साना किसान विकास लघुवित्तको जगेडा कोष ९ महिनामा १२.२७ प्रतिशतले बृद्धि, कर्जा कति ?

३ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको ९ महिनामा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्ता पूँजी २५ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको 
 तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

यस्तै जगेडा कोष १२.२७ प्रतिशत बढेको छ । लघुवित्तको सापटी २५.७५ प्रतिशत र कर्जा २३.०३ प्रतिशत बढेको छ । यो सँगै कम्पनीले ९ महिनामा  ५० करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.९० प्रतिशत बढी हो । 

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४६ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढेसँगै कम्पनीको खुद नाफा सामान्य बढ्न पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६.४८ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ६.४६ प्रतिशत बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा ८.५८ प्रतिशत बढेको छ ।

नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६ रुपैयाँ ५८ पैसा घटेर ४२ रुपैयाँ ८३ पैसामा झरेको छ । चैत मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २६.९६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २५६ रुपैयाँ २६ पैसा रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया