काठमाडौं- मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।
समितिले पाल्न्ट प्याथोलोजिस्ट कन्सलटेन्ट १ जना, सिभिल ईन्जिनियरिङ कन्सलटेन्ट १ जना, सिनियर फाईनान्सियल म्यानेजमेन्ट एन्ड पब्लिक रिलेसन कन्सलटेन्ट १ जना, सिनियर एडमिनिस्ट्रेटिभ कन्सलटेन्ट १ जना, सिक्रेटेरियल असिस्टेन्ट १ जना र अभिस हेल्पर १ जना गरि जम्मा ६ जना माग गरेको हो ।
समितिले तपसिल बमोजिमको परामर्श सेवा तथा सेवा करार आवश्यक भएकोले सेवा उपलब्ध गराउन ईच्छुक व्यक्ति तथा फर्महरुलाई सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र समितिको ईमेल ठेगानामा वा समितिको कार्यालय, सेतो पाटी, सैबु, ललितपुरमा आवेदन बुझाउन आह्वान गरेको छ ।
प्रतिक्रिया