पूर्वमन्त्री योगेश भट्टराईविरुद्ध उजुरी

३ बर्ष अगाडि

ताप्लेजुङ - ताप्लेजुङमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकोभन्दै पूर्वमन्त्री एवम् एमाले सचिव योगेशकुमार भट्टराईविरुद्ध उजुरी परेको छ । 

निर्वाचनको मिति नजिकिँदै जाँदा मतदातालाई प्रभावित पार्ने खालको कार्य गरेकोभन्दै भट्टराईविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो ।

 भट्टराईविरुद्ध नेपाली काँग्रेस ताप्लेजुङका सचिव नन्दकुमार ओझाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् हो । 

ताप्लेजुङका प्रतिनिधिसभाका सांसदसमेत रहेका भट्टराईले शनिबार फुङ्लिङ नगरपालिका–३ स्थित पालुङ्वाचौकमा मतदातालाई प्रभावित पार्ने गरी निर्वाचन आचारसंहिता विपरीत कार्य गरेकोभन्दै ओझाले उजुरी दिएका हुन्।

एमालेका तर्फबाट फुङ्लिङ नगरका प्रमुख (मेयर) पदका उम्मेदवार छत्रपति प्याकुरेल, वडाध्यक्ष पदका उम्मेदवार टंकबहादुर पालुङ्वासहितको उपस्थितिमा भट्टराईले स्थानीय जेष्ठ नागरिकलाई दोसल्ला ओढाउने र भोज खुवाउनेजस्ता कार्य गरेको उजुरीमा उल्लेख छ । 

निर्वाचन प्रचार/प्रसारको उक्त कार्य निर्वाचन आचारसंहिता २०७८ मा भएको व्यवस्थाविपरीत भएकाले आवश्यक कारबाहीको माग राखी ओझाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत पुष्पराज बाँस्तोलाले पूर्वमन्त्री भट्टराईसहित एमालेका नगरप्रमुख पदका उम्मेदवार प्याकुरेल र वडाध्यक्षका उम्मेदवार पालुङ्वासमेत तीनै जनाविरुद्ध उजुरी परेको जानकारी दिएका छन् । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया