काठमाडौं - मेगा बैंक नेपाल लिमिटेडले संस्थपक शेयर बिक्री गर्ने भएको छ । बैंकले १ लाख २५ हजार ६८० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो ।
बैंकले एक सुचना जारी गर्दै विभिन्न संस्थापक सदस्यहरुको नाममा रहेको उल्लेखित शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी लिलामीमा ल्याएको जानकारी गराएको छ ।
इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले यो शेयर खरीदका लागि आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।
प्रतिक्रिया