एशियन लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?

३ बर्ष अगाडि

काठमाडौं- एशियन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले प्रशिक्षार्थी सहायक पदका लागि उम्मेदवार माग गरेको हो ।

कम्पनीले प्रशिक्षार्थी सहायक पदका लागि १० जना कर्मचारी माग गरेको हो ।काठमाडौं उपत्यका भित्रका लागि आवश्यक भएकाले यहि वैशाख ३० गतेसम्म कम्प्यूटर चलाउने सिप भएका व्यक्तिहरुले आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।  कम्पनीले न्यूनतम १२ र स्नातक पढ्दै गरेकालाई बिशेष प्राथमिकता दिने जनाएको छ।

इच्छुक व्यक्तिले आफ्नो बायोडाटा, नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो, शैक्षिक प्रमाणपत्रहरू, अनुभवको प्रमाणपत्र कम्पनीको ईमेल आईडीमा पठाउन सक्नेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया