काठमाडौं- नष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको चैत मसान्तसम्ममा १६ करोड ४७ लाख खुद नाफा कमाएको छ
। कम्पनीको खुद नाफा गत आवको सोही अवधीको तुलनामा १५.५४ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १९ करोड ५० लाख नाफा कमाएको थियो ।
कम्पनीको सञ्चालन मुनाफा पनि १५.५४ प्रतिशतले घटेको छ । कम्पनीले तेस्रो त्रैमासम्म २६ करोड १५ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा यो कम्पनीले सञ्चालन मुनाफा ३० करोड ९६ लाख रूपैयाँ आर्जन गरको थियो ।
एक वर्षको अवधिमा कम्पनीको जगेडा कोषमा २६.९१ प्रतिशत रकम बढेको छ । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोषमा ४६ करोड ६ लाख रुपैयाँ थियो भने चालू आवको सोही अवधिमा उक्त कोषमा ५८ करोड ४६ लाख रुपैयाँ कायम भएको छ ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १२.९३ प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी ९.३३ प्रतिशतले घटेको छ ।
हाल कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिकीकरण) ८६.१५, मूल्य आम्दानी अनुपात २६.२७ गुणा छ भने प्रतिशेयर नेटवर्थ ३२९.२८ छ ।
हाल कम्पनीको चुक्तापूँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको चुक्तापूँजी ४८ दशमलव १४ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको चैतसम्ममा यो कम्पनीको चुक्तापूँजी १७ करोड २१ लाख रुपैयाँ थियो ।
प्रतिक्रिया