महुली लघुवित्तको २६ प्रतिशत बोनश शेयर आजदेखि शेयरधनीको हितग्राही खातामा जम्मा हुन सुरु

३ बर्ष अगाडि

काठमाडौं - महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर शेयरधनिहरुको हितग्राही खाता जम्मा हुन थालेको छ । कम्पनीले यस वर्षको लागि आफ्ना शेयरधनीलाई वितरण गर्न छुटाएको २६ प्रतिशत बोनश शेयर आजदेखि हितग्राही खातामा जम्मा गर्ने भएको हो ।

संस्थाले एक सुचना जारी गर्दै बोनश वापतको उक्त रकम शेयरधनीको डिम्याट खातामा पठाउन शुरु गरेको जनाएको छ ।

कम्पनीले गत पुस २४ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट २६ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

उक्त बोनश शेयर संस्थाले धितोपत्र दोस्रो बजारमा सूचिकृत गराइसकेको छ । सोही अनुरुप कम्पनीले सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा बोनश शेयर जम्मा गर्न शुरु गरेको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया