शिखर इन्स्योरेन्स लिलामी शेयरमा आवेदन दिने समय थप, कहिलेसम्म ?

३ बर्ष अगाडि

काठमाडौं - शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामी शेयरमा आवेदन दिने समय थप भएको छ । 

लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन आज भएपछि बैशाख २० गते ईद पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएकोले उक्त मिति लम्ब्याएको हो । 

यो सँगै अब बैशाख २७ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । कम्पनीले वैशाख १९ गतेदेखि ७७ हजार ७२०.८८ कित्ता अवितरित हकप्रद शेयर लिलामीमा बिक्री खुला गरेको हो । 

कम्पनीले यसअघि २०७८ चैत १ गतेदेखि २१ गतेसम्म ३० प्रतिशत हकप्रद शेयर बिक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारणतर्फको उक्त शेयर लिलामी प्रक्रियाबाट विक्री खुला गरेको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया