कांग्रेसले फ्रिमा विदेश पठाउने एमालेले बन्द गराउने !

३ बर्ष अगाडि

गत हप्ता नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले एक चुनावी सभामा चुनावपछि स्थानीय आधा दर्जन युवाहरूलाई फ्रि भिसा र फ्रि टिकटमा वैदेशिक रोजगारीका लागि मलेसिया पठाउने आश्वासन दिएकी छन् । 

आइतबार चितवनमा आयोजित चुनावी सभामा आरजु देउवालाई कटाक्ष गर्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई चुनावमा जिताए पाँच हजार नभई एक करोडलाई रोजगारी सिर्जना गरेर वैदेशिक रोजगार बन्द गर्ने दाबी गरे । 

केही समयअघि सार्वजनिक एमालेको स्थानीय तह निर्वाचन–२०७९ को घोषणापत्रमा वैदेशिक रोजगारीमा जानेका लागि एक स्थानीय तहमा न्यूनतम एउटा सीपमूलक तालिम दिने संस्था निर्माण गर्ने घोषणा गरेकोे  थियोे ।

स्थानीय तहमा स्थापना गरिएका रोजगार सूचना केन्द्रलाई थप प्रभावकारी बनाउँदै बेरोजगारको तथ्यांक संकलन गरी उनीहरूलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा आवद्ध गर्ने पनि उल्लेख छ । तर चुनावी सभाहरूमा नेताहरूले ग्रामीण तहका मतदाताको प्रमुख चासो वैदेशिक रोजगार क्षेत्रका यी विषयलाई प्राथमिकता दिएको देखिएको छैन ।

नेपाली कांग्रेसले श्रमको लागि वैदेशिक रोजगारीमा जानपर्ने अवस्थाको क्रमशः अन्त्य गर्ने स्थानीय तह निर्वाचन–२०७९ को घोषणापत्रमा उल्लेख गरेकोे छ । 

तर, देशभर भइरहेका चुनावी सभामा यी विषयले स्थान पाउन नसकेको धेरैको भनाइ छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया