लिबियामा १२ नेपाली बन्धक, यसरी खुल्यो पोल

७ बर्ष अगाडि

काठमाडौं – लिबियामा १२ नेपालीलाई बन्धक बनाइएको खुलासा भएको छ । । इटाली भनि लगिएका उनीहरुलाई दलालकै एक समूहले बन्धक बनाएको बताइएको छ । 

सन्तोष पराजुली र जसध्वज गुरुङको समूहले गत भदौमा १२ जनालाई दुई समूहमा इटली पठाएको थियो । भिजिट भिसामा दुबई पुगेका उनीहरुलाई पाकिस्तानी एजेन्टले लिबिया पुर्‍याएका हुन् । एक जना पीडित अमन लोजाकी दिदी मिनुका अनुसार कसरी लिबिया पुर्‍याइयो भन्ने थाहा हुन सकेको छैन ।


लिबिया पुगेपछि सबैलाई बन्धक बनाएका छन् । उनीहरुलाई दुई वटा समूहमा राखिएको छ ।

नेपालीहरुलाई घर परिवारमा म्यासेन्जरमार्फत निरन्तर सम्वाद गर्न दिने गरेको पाइएको छ । लामो समय इटली पुग्ने आशमा मौन बसेका उनीहरुले हालै मात्र आफूहरुलाई बन्धक बनाएको परिवारलाई जानकारी गराएका थिए ।

परिवारले प्रहरीलाई खबर गरेपछि सरकारले पनि उद्दारका लागि पहल थालेको छ ।  परराष्ट्र मन्त्रालयले इजिस्टका लागि नेपाली राजदूतमार्फत पहल गरिरहेको बताइएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया