२३२ उद्योग दर्ता, ८ हजार ६८७ पुग्यो

३ बर्ष अगाडि

काठमाडौं - चालू आवको चैत मसान्तसम्ममा २३२ उद्योग दर्ता भएका छन् । गत आवको सोही अवधिमा १६९ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए । हालसम्म आठ हजार ६८७ उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ ।

चालु अर्थिक वर्षको नौ महिनाको अवधिमा ६७ ठूला, ८२ मझौला र ८३ साना उद्योग दर्ता भएका हुन् । गत आवको सोही अवधिमा ३३ ठूला, ४० मझौला र ९६ साना उद्योग दर्ता भएका थिए । 

विभागका अनुसार हालसम्म एक हजार २८१ ठूला, एक हजार ९९१ मझौला र पाँच हजार ४१५ साना उद्योग दर्ता भएको विभागले जनाएको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया