किसान लघुवित्तको लाभांश परिमार्जन, कति ?

३ बर्ष अगाडि

काठमाडौं - किसान लघुवित्तको लाभांश परिमार्जन भएको छ । कम्पनीले यस अघि आर्थिक वर्ष ७७र७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउने ९ करोड ८२ लाख २ हजार १ सय ९४ रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।

तर राष्ट्र बैंकले २० प्रतिशत बोनश मात्र वितरण गर्न स्वीकृति दिएसँगै अब संस्थाले हाल कायम चुक्ता पुँजी ३९ करोड २८ लाख ८ हजार ७ सय ७५ रुपैयाँ २५ पैसाको आधारमा २० प्रतिशतले हुन आउने ७ करोड ८५ लाख ६१ हजार ७ सय ५५ रुपैयाँ ५ पैसा बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया