प्रभु लाइफको सीईओमा सन्तोष प्रसाईं नियुक्त

३ बर्ष अगाडि

काठमाडौैं, प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोष प्रसाईं नियुक्त भएका छन् । कम्पनीको गत बिहीबार बसेको सञ्चालक समितिको बैठकले रिक्त सीईओ पदमा प्रसाईंलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

बीमा समितिबाट स्वीकृत प्राप्त भएपछि लागू हुने गरी प्रसाईंलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ ।

यस अघि प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले राजीनामा दिएका थिए । पौडेलले राजीनामा दिए पछि प्रभु लाइफ इन्स्यारेन्स फागुन १८ गतेदेखि सीईओ विहीन थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया