काठमाडौं, अहिले पाइपलाइनमा रहेका कम्पनीहरुले धमाधम आईपीओ निष्कासन अनुमति पाउन थालेका छन् । रिभर फल्स पावर लिमिटेड, दोर्दी खोला जलविद्युत कम्पनी र विन्धवासिनी हाइड्रोपावरले आईपीओ निष्कासनको लागि अनुमति पाइसकेका छन् ।
नेपाल धितोपत्र बोर्डले चैत २८ गते यी तीन वटै कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो । दोर्दी खोला जलविद्युत कम्पनीले भने प्रभावित क्षेत्रका लागि आईपीओ जारी गरिसकेको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) अझै पनि २२ कम्पनीले आईपीओ निष्कासनको अनुमतिको पालो कुर्दै बसेका छन् ।
यी हुन् पाइपलाइनमा रहेका कम्पनीहरुः
१. थ्रि स्टार हाइड्रोपावर कम्पनी लिमिटेड
थ्रि स्टार हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आईपिओ) निष्कासनका लागि बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरका १२ लाख ३१ हजार २५० कित्ता आईपिओ निष्कासन गर्नको लागि गत साउन १७ गते बोर्डसँग अनुमति मागेको हो । कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।
२. रिलायवल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
रिलायवल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६० लाख कित्ता साधारण शेयर (आईपिओ) निष्कासनका लागि साउन १२ गते सेवनमा निवेदन दिएको छ। कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ।
३. मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेड
मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले ३५ करोड ३१ लाख रुपैयाँ बराबरको ३५ लाख ३१ हजार कित्ता साधारण शेयर (आईपिओ) निष्कासन गर्नका लागि साउन १ गते धितोपत्र बोर्ड ९सेवन० मा निवेदन दिएको छ । कम्पनीको आईपिओ निष्कासन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
४. कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेड
कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेडले आईपिओ निष्कासनका लागि बोर्डमा अनुमति मागेको छ । कम्पनीले २ करोड ४३ लाख ७३ हजार ५०० रुपैयाँ बराबरको २ लाख ४३ हजार ७३५ कित्ता आईपिओ निष्कासन गर्नका लागि साउन ३२ गते बोर्डमा अनुमति मागेको हो । कम्पनीको आईपिओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमवी क्यापिटल लिमिटेड रहेको छ।
५. सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेड
सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले आईपिओ निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ । कम्पनीले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आईपिओ निष्कासन तथा विक्री खुला गर्नका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रवन्धकको काम बोक क्यापिटल मार्केट लिमिटेड गर्नेछ।
६. आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड
आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपिओ निष्कासनका लागि बोर्डमा अनुमति मागेको छ । कम्पनीले ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता आईपिओ निष्कासनका लागि असोज २० गते बोर्डमा अनुमति मागेको हो । कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रबन्धकमा बोक क्यापिटल मार्केट लिमिटेड रहेको छ।
७. इष्ट्रन हाइड्रोपावर कम्पनी लिमिटेड
इष्ट्रन हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर ९आईपिओ० निष्कासन गर्नका धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १२ करोड ४० लाख रुपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता आईपिओ निष्कासन तथा विक्री खुला गर्नका लागि मंसिर २४ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रबन्धकको काम एनएमवी क्यापिटलले गर्नेछ ।
८. सान्जेन जलविद्युत कम्पनी लिमिटेड
सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आईपिओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ३६ करोड ५० लाख रुपैयाँ बराबरको ३६ लाख ५० हजार कित्ता आईपिओ निष्कासन तथा बिक्री खुला गर्नका लागि मंसिर २० गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपिओ निष्कासन तथा बिक्री प्रबन्धकको काम सिटिजन इनभेष्टमेन्टले गर्नेछ ।
९. सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेड
सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले आईपिओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आईपिओ निष्कासन तथा बिक्री खुला गर्नका लागि मंसिर २० गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपिओ विक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।
१०. पिपुल्स पावर कम्पनी लिमिटेड
पिपुल्स पावर कम्पनी लिमिटेडले पनि साधारण शेयर ९आईपिओ० निष्कासन तथा विक्री खुला गर्नका लागि निवेदन दिएको छ । कम्पनीले ३० करोड ९९ लाख ७४ हजार रुपैयाँ बराबरको ३० लाख ९९ हजार ७४० कित्ता आईपिओ निष्कासन गर्नका लागि पुस २७ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।
११. रसुवागढी हाईड्रोपावर कम्पनी लिमिटेड
रसुवागढी हाईड्रोपावर कम्पनी लिमिटेडले पनि साधारण शेयर ९आईपिओ० निष्कासन तथा बिक्री खुला गर्नका लागि निवेदन दिएको छ । कम्पनीले ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १०० कित्ता शेयर बिक्री गर्नका लागि पुस २३ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपिओ निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।
१२. एशियन हाइड्रोपावर कम्पनी लिमिटेड
एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले पनि साधारण शेयर ९आईपिओ० निष्कासन तथा बिक्री खुला गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले ११ करोड ८० लाख रुपैयाँ बराबरको ११ लाख ८० हजार कित्ता आईपिओ निष्कासन तथा विक्री खुला गर्नका लागि पुस ११ गते बोर्डमा निवेदन दिएको हो । आईपिओ निष्कासन तथा बिक्री प्रवन्धकको काम एनएमवी क्यापिटलले गर्नेछ ।
१३. सयपत्री हाइड्रोपावर
सयपत्री हाइड्रोपावरले पनि आईपिओ निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ । यो कम्पनीले ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता शेयरका लागि निवेदनका दिएको हो । यसको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल रहेको छ ।
१४. राप्ती हाइड्रो जनरल कन्ट्रक्सन
राप्ती हाइड्रो जनरल कन्ट्रक्सनले २९ लाख ४१ हजार ४१० कित्ता शेयर निष्कासनका लागि अनुमति मागेको छ । मुक्तिनाथ क्यापिटलले यसको बिक्री प्रबन्धकको काम गर्नेछ ।
१५. आइएमई लाइफ इन्स्योरेन्स
आइएमई लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता शेयरका लागि निवेदन दिएको छ । यसको निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।
१६. डिशहोम
डिशहोमले पनि २३ करोड ८५ लाख ९२ हजार ९०० बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता शेयरका लागि अनुमति मागेको छ । यसको बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल रहनेछ ।
१७. अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी
अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले पनि शेयर निष्कासन गर्दैछ । यस कम्पनीले ३३ लाख ७ हजार ५०० कित्ता शेयरका लागि अनुमति मागेको हो ।
१८. अपर हेवाखोला हाइड्रो पावर
अपर हेवाखोला हाइड्रो पावरले आयोजना प्रभावितका लागि ५ लाख र सर्वसाधारणका लागि १५ लाख कित्ता शेयरको अनुमति मागेको छ ।
१९. हिमालयन हाइड्रोपावर कम्पनी
हिमालयन हाइड्रोपावर कम्पनीले २२ लाख ५० हजार कित्ता शेयर निष्कासनको अनुमति मागेको छ ।
२०. मन्दाकिनी हाइड्रोपावर
मन्दाकिनी हाइड्रोपावरले १७ लाख ६४ हजार ११० कित्ता शेयरका लागि अनुमति मागेको छ ।
२१. श्वेतगंगा हाइड्रोपावर
श्वेतगंगा हाइड्रोपावरले ४७ लाख ७९ हजार कित्ता शेयरका लागि बोर्डसँग अनुमति मागेको छ । उल्लेखित कम्पनीहरुले अब धितोपत्र बोर्डको स्वीकृतिपछि मात्र आईपिओका लागि आवेदन खुल्ला गर्न सक्नेछन् ।
प्रतिक्रिया