काठमाडौं-युनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमु्ख कार्यकारी अधिकृत (सिइओ) मनोज कुमार लाल कर्णको वार्षिक तलब भत्ता तथा अन्य सुविधा ९१ लाख ८ हजार ४६७ रुपैयाँ बुझेका छन् ।
गत आर्थिक वर्ष २०७७/०७८ मा सिइओ कर्णले पारिश्रमिक, भत्ता तथा सुविधा बापत ५८ लाख ८२ हजार ५३० रुपैयाँ बुझेका थिए । यस आर्थिक वर्षसम्ममा सिइओ कर्णको वार्षिक पारिश्रमिक तथा भत्ता ५४.८३ प्रतिशतले बृद्धि भएको छ ।
युनियन लाइफ इन्स्योरेन्सको वैशाख २३ गते सम्पन्न चौथो वार्षिक साधारण सभाले सिइओ कर्णको वार्षिक तलब तथा भत्ता पारित गरेको हो ।
प्रतिक्रिया