नागरिक लगानी कोषसहित यी कम्पनीको सर्वाधिक कारोबार, कुनले कतिको कारोबार गरे ?

४ बर्ष अगाडि

काठमाडौं-साताको पहिलो कारोबारको दिन (आइतबार)  शेयरबजारमा हरियाली छाएको छ । केही समययता लगातार घटेको नेप्से परिसूचक आज बढेको हो । परिसुचक १७.९१ अंकले बढेर २२५६.५४ विन्दुमा पुगेको छ ।

यस दिन २३३ स्टकको २७ हजार २२९ पटकको कारोबारमा १ अर्ब ३२ करोड ६४ लाख २१ हजार रुपैयाँ बराबरको ३३ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज १ अर्ब ३२ करोड ६४ लाख रुपैयाँको शेयर करोबार हुँदा सबैभन्दा धेरै नागरिक लगानीकोषको शेयर कारोबार भएको छ । आज कोषको ७ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिष्टिलरीको ४ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ४ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया