काठमाडौं,साताको पहिलो कारोबारको दिन (आइतबार) शेयरबजारमा हरियाली छाएको छ । केही समययता लगातार घटेको नेप्से परिसूचक आज बढेको हो । परिसुचक १७.९१ अंकले बढेर २२५६.५४ विन्दुमा पुगेको छ ।
आज सबैभन्दा धेरै जाल्पा सामुदायिक लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका छन् । घलेम्दी हाइड्रोपावरले ८ प्रतिशतका दरले कमाएका छन् । माउन्टेन एनर्जीका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् । हिमालयन उर्जा विकासले ७ प्रतिशतका दरले कमाएका छन् ।
प्रतिक्रिया