नेपाल लाइफले व्यतित बीमालेख नवीकरण गर्दा ३५ प्रतिशत ब्याज छुट दिने

३ बर्ष अगाडि

काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितहरुलाई व्यतित बीमालेख नवीकरण गर्दा ३५ प्रतिशत ब्याज छुट दिने भएको छ ।

कम्पनीले २०७७ वैशाख २५ देखि भुक्तानी गर्नुपर्ने नवीकरण शुल्क समयमा भुक्तानी नगरी व्यतित भएका सम्पूर्ण बीमालेखहरूमा ३५ प्रतिशत ब्याज छुट दिने निर्णय गरेको हो ।

कम्पनीले आज सार्वजनिक गरेको सूचना अनुसार विभिन्न कारणले तोकिएको समयमा बीमाशुल्क बुझाउन नसकेका तथा ढिला भएका बीमितहरूलाई नविकरण शुल्क नबुझाएको बीमितले ३५ प्रतिशत ब्याज छुट पाउनेछन् ।

यो छुट २०७९ बैशाख २५ गतेदेखि असार २४ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया