काठमाडौं - सरकारले स्थानीय तहको निर्वाचनको सुरक्षामा खटिएका सुरक्षाकर्मीको मृत्यु भएको खण्डमा क्षतिपूर्तिबापत २० लाख दिने भएको छ ।
बैशाख २५ गते आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्तावमा निर्वाचन सुरक्षामा खटिने म्यादी प्रहरी सहितका सुरक्षाकर्मीको मृत्यु भएमा उनीहरुको आश्रित परिवारलाई २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरको हो ।
स्थानीय तह निर्वाचनको सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मी ९नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग० को मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख आर्थिक सहायता उपलब्ध हुनेछ ।
स्थानीय तहको निर्वाचनमा ७१ हजार नेपाली सेना, ६२ हजार नेपाल प्रहरी, ३ हजार गुप्तचर र १ लाख म्यादी प्रहरी खटिँदैछन् ।
प्रतिक्रिया