प्रचण्डलाई जुत्ता हान्छु भन्दै स्टाटस लेख्ने पक्राउ

३ बर्ष अगाडि

काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जुत्ता हान्छु भन्दै आफ्नो सामाजिक सञ्जालमा स्टाटस लेख्ने एक जना पक्राउ परेका छन् । 

दाङको तुलसीपुरबाट सञ्चालन हुँदै आएको राप्ती पहिचान डटकमका सञ्चालक यज्ञबहादुर बुढा मगर पक्राउ परेका हुन् । तुलसीपुर उपमहानगरपालिका वडा नं। ३ का मगरलाई इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले शनिबार बेलुकी पक्राउ गरेको प्रहरीले जनाएको छ । 

मगरले आफ्नो सामाजिक सञ्जालमा ‘सकेनन् चितवनवासीले मेरी छोरीले चुनाव हारे देश दुर्घटनामा जान्छ भन्ने प्रचण्ड दाङ आए जुत्ता म हान्छु अब’ भनेर स्टाटस लेखेका थिए । त्यसबारे माओवादी केन्द्रका नेताहरूबाट गुनासो आएपछि प्रहरीले अनलाइन सञ्चालक मगरलाई पक्राउ गरेको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया