एनआईसी एशिया क्यापिटलले ल्यायो पहिलो पटक '९९ प्रतिशत प्रोफिट योजना'

३ बर्ष अगाडि

काठमाडौं- एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत पहिलो पटक ‘९९ प्रतिशत प्रोफिट योजना’ सार्वजनिक गरेको छ । 

क्यापिटलले ‘हजुरहरुको लगानी व्यवस्थापन एनआईसी एशिया क्यापिटलको साथमा, प्रोफिटको ९९ प्रतिशत हजुरको हातमा’ भन्ने अभियान सहित यस्तो योजना ल्याएको हो ।

शेयर बजारमा प्रवेश गर्न चाहने नयाँ लगानीकर्ताहरु तथा विदेशमा बसोबास गर्ने नेपालीहरुलाई शेयर बजारमा भित्र्याई समग्र शेयर बजारको विकास, विस्तार गर्न महत्वपूर्ण सहयोग पुार्‍यउने मुख्य उद्देश्यका साथ लगानी व्यवस्थापन सेवा अन्तर्गत सीमित अवधिका लागि ‘९९ प्रतिशत प्रोफिट योजना’ सञ्चालन गरेको हो ।

उक्त योजना अन्तर्गत क्यापिटलले सेवाग्राहीहरुलाई निःशुल्क लगानी व्यवस्थापन सेवा उपलब्ध गराउनुको साथै लगानी गरिएको रकमबाट प्राप्त मुनाफामा मात्र १ प्रतिशत पर्फमेन्स फी लिने जानकारी दिएको छ । यस योजनामा सहभागीले न्यूनतम १० लाख रुपैयाँ देखि कम्तीमा १ वर्ष अवधि हुनुपर्नेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया