काठमाडौं, गत साता नेपाल स्टक एक्सेन्ञ्च (नेप्से) परिसूचक ५ प्रतिशत घटेको थियो। अघिल्लो साता २३५६.१७ विन्दुमा बन्द भएको नेप्से, गत साता ४.९९ प्रतिशत अर्थात ११७.५५ अंक घटेर २२३८.६२ विन्दुमा झरेको थियो।
गत साता ५ कारोबार दिनमध्ये ३ कारोबार दिन मात्र बजार खुलेको थियो। सो साताको आइतबार र मंगलबार सार्वजनिक बिदाका कारण बजार बन्द रहेको थियो। बजार खुलेका तीन कारोबार दिन नै ओरालो लागेपछि नेप्सेले सो बराबरको अंक गुमाएको हो।
गत साता नेप्से बलियो टेवा क्षेत्रमा बन्द भएको छ। यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा २४१३.९९ विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने २१०० विन्दुमा टेवा पाउने देखिन्छ।
गत साता पनि नेप्सेको ५ दिने इएमए, २० दिने इएमएभन्दा तल रहेको छ। साथै नेप्से पनि ५ दिने इएमएभन्दा तल रहेको छ। यसले बजार डाउनट्रेण्डमा रहेको संकेत गर्दछ।
गत साता साप्ताहिक रुपमा नेप्सेले रातो मारुबोजु मैनबत्ती बनाएको छ। यस साथै साताको अन्तिम कारोबार दिन पनि नेप्सेले रातो मारुबोजु नै बनाएको छ। यसले गत साता नेप्सेमा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।
गत साता नेप्सेसँगै भोल्यूम पनि घटेको छ। गत साता नेप्सेमा दैनिक औषतमा १ अर्ब ४४ करोडको शेयर खरिदबिक्री भएको छ। जबकी नेप्सेको २० दिने औषत भोल्यूम १ अर्ब ६७ करोड रुपैयाँ रहेको छ। नेप्सेको २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम १३.६८ प्रतिशत कम हो।
गत साता १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको थियो। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक घटेको थियो भने सबैभन्दा कम म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको थियो।
यता सबैभन्दा कम घटेको उपसमूहको दोस्रो स्थानमा भने बैंकिङ्ग उपसमूह रहेको छ। सो उपसमूहको परिसूचक गत साता २.८८ प्रतिशत मात्र घटेको थियो। अघिल्लो साता १५८०।२० विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, गत साता ४५.३७ अंक घटेर १५३४.७३ विन्दुमा बन्द भएको छ।
यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा १७०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १३०० विन्दुमा टेवा पाउने देखिन्छ।
सो उपसमूहको ५ दिने इएमएपनि २० दिने इएमएभन्दा तल रहेको छ। यसले सो उपसमूह पनि डाउनट्रेण्डमा रहेको संकेत गर्दछ।
(मेरो लगानी)
प्रतिक्रिया