लिवर्टी ईनर्जी नोक्सानमा, चुक्तापूँजी कति ?

३ बर्ष अगाडि

काठमाडौं - लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनासम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तिय विवरण अनुसार कम्पनी नोक्सानमा रहेको छ । 

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १ करोड ९९ लाख भन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म ३ करोड ४२ लाख भन्दा बढी खुद नोक्सानीमा रहेको थियो । 

हालसम्म विद्युत् विक्री आम्दानी नगरेको कम्पनी सञ्चालन नोक्सानीमै रहेको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ५० करोड रहेको छ भने रिटेन्ड अर्निङ १७ करोड भन्दा बढी ऋणात्मक रहेको छ । 

कुल सम्पत्ति ५ अर्ब ६७ करोडभन्दा बढी रहेको कम्पनीको कुल दायित्व रकम भने ४ अर्ब ३४ करोडभन्दा बढी छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया