हिमालयन डिस्टिलरीको नाफा करिब ७९ करोड, प्रतिशेयर आम्दानी पनि बढेर रु.६९.२२ पुग्यो

३ बर्ष अगाडि

काठमाडौं- हिमालयन डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ७८ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

गत वर्षको चैत मसान्तसम्ममा कम्पनीले ६७ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो नाफा गत वर्षको यही अवधिको तुलनामा १७.१८ प्रतिशतले बढी हो। कम्पनीले हालै सार्वजनिक गरेको वित्तिय विवरणले यस्तो देखाएको हो । 

यो अवधिमा कम्पनीले उत्पादन बिक्रीबाट ५ अर्ब १८ करोड रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले उत्पादन बिक्रीबाट ३ अर्ब ९८ करोड रुपैयाँ आम्दानी गरेको थियो। यो हिसाबले कम्पनीको आम्दानी गत वर्षको यही अवधिको तुलनामा ३०.२० प्रतिशतले बढी हो। 

कम्पनीको सञ्चालन मुनाफा पनि ९५ करोड ५६ लाख रुपैयाँबाट बढेर १ अर्ब ९ करोड रुपैयाँ भएको छ। 

चुक्तापुँजी १ अर्ब ५१ करोड रुपैयाँ रहेको कम्पनीले रिजर्भको आकार ३७.६५ प्रतिशतले बढाएर १ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । गत वर्ष रिजर्भमा ७६ करोड ८२ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको वार्षिकीकरण प्रतिशेयर आम्दानी बढेर ६९.२२ रुपैयाँले बढेको छ। गत वर्ष यही अवधिमा कम्पनीको प्रतिशेयर ५९.०७ रुपैयाँ रहेको थियो। पीई रेसियो ५१.८८ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १६९.६४ रुपैयाँ र तरलता अनुपात ३.४१ प्रतिशत रहेको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया