सपोर्ट लघुवित्तको नाफा घट्यो, जगेडा कोषमा कति छ रकम ?

३ बर्ष अगाडि

काठमाडौं - सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनासम्ममा १ करोड १० लाख ८४ हजार खुद नाफा गरेको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणले यस्तो देखाएको हो । 

कम्पनीको उक्त नाफा ४७.९० प्रतिशतले घटेको हो । गत वर्षको यहि अवधिमा कम्पनीले २ करोड १२ लाखभन्दा बढी खुद नाफा आर्जन गरेको थियो । यस्तै कम्पनीको सञ्चालन मुनाफा पनि ४७.९० प्रतिशतले घटेको छ । 

कम्पनीले समिक्षा अवधिमा १ करोड ७५ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा यो कम्पनीले सञ्चालन मुनाफा ३ करोड ३७ लाख रूपैयाँ आर्जन गरको थियो । 

एक वर्षको अवधिमा कम्पनीको जगेडा कोषमा २.८१ प्रतिशत रकम बढेको छ । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोषमा ४ करोड १ लाख रुपैयाँ थियो भने चालू आवको सोही अवधिमा उक्त कोषमा ४ करोड १३ लाख रुपैयाँ कायम भएको छ ।  

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६.२८ प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी ६.९० प्रतिशतले घटेको छ । कम्पनीको खराब कर्जा ४.१४ प्रतिशत छ । हाल कम्पनीको प्रतिशेयर आम्दानी १७.२३ प्रतिशत, मूल्य आम्दानी अनुपात ९६.८९ गुणा छ भने प्रतिशेयर नेटवर्थ १४८.१४ छ । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया